परराष्ट्र मन्त्रालयको वेबसाइट ह्याक
मुलुकको परराष्ट्र सम्बन्धी सूचना तथा जानकारी रहने परराष्ट्र मन्त्रालयको वेबसाइट https://customs.gov.np ह्याक भएको छ । मन्त्रालयको वेबसाइटको होम युआरएलमा ह्याक गरिएको सन्देश राखिएको छ । सन्देशमा ह्याकरले आफुलाई इन्डोनेशियाली ह्याकरका रुपमा चिनाएको छ ।

यस्तै भन्सार विभागको साइट https://customs.gov.nphttps://customs.gov.np पनि ह्याक भएको छ । साइटको न्यूज एण्ड इभेन्टस् पेजमा इन्डोनेशियाली ह्याकरले साइट ह्याक गरेको सन्देश राखिएको छ ।
दुबै साइटमा hacked by jas0nz666- Indonesian attack लेखिएको छ
नासाको यान मंगलग्रहणमा सफल अवतरण
साउन २२ – अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको यान मंगलग्रहमा सफलताका साथ अवतरण गरेको छ । यान अवतरणसंगै अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगलग्रहमा मानव जीवनको सम्भावनामा ठूलो उपलब्धि पाएको छ ।
नासाले प्रक्षेपण गरेको यान क्यूरिसिटी सोमबार बिहान मंगलग्रहमा सफतापूर्वक अवतरण गरेको हो । नासाको सफलता प्रति अमेरिकी राष्ट्रपति बाराक ओबामाले वैज्ञानिकहरुलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
क्यूरिसीटी यानले अब दुईवर्षसम्म त्यहाँ मानव जीवनका लागि आश्यक पर्ने सूचनाहरु पृथ्वीमा पठाउने नासाले जनाएको छ । बैज्ञानिकले मंगल ग्रहमा पानी पाइने बताईसकेका छन् । नासाले मंगलग्रहमा यान झण्डै नौ महिनाअघि प्रक्षेपण गरेको थियो नासाले लामो समयको प्रयासपछि सफलता पाएको वैज्ञानिकहरुले बताएका छन् । मंगल ग्रह पृथ्वीको सबै भन्दा नजिकको ग्रह हो ।
No comments:
Post a Comment
तपाइले लेख्नु भएका उत्कृष्ट बिचारको हामी कदर गर्छौ