मनोरञ्जन


चीनमा भोट माग्दै मिस नेपाल सृष्टि (फोटो फिचरसहित

मिस नेपाल वल्र्ड अहिले चीनमा छिन् । मिस वर्ल्डमा भाग लिन गत मंगलवार चीन पुगेकी सृष्टि अहिले आफ्नो प्रतिभा प्रस्तुत गर्न र अन्तिम प्रतिस्पर्धाको तयारी गरिरहेकी छिन् । सृष्टिले ट्यालेन्ट शोमा नेपाली नृत्यसमेत प्रस्तुत गरिसकिन् ।
मल्टिमिडिया अवार्डको प्रतिस्पर्धाका लागि सृष्टिले अहिले आफ्ना समर्थकहरुसँग भोट मागिरहेकी छिन् । मिस वल्र्ड नेपालको फेसबुक फ्यान पेजमा गएर लाइक गरि भोट दिन सकिने छ । बुधबार अपरान्हसम्म करिव ३४ हजारले सृष्टिलाई भोट दिइसकेका छन् । मल्टिमिडिया अवार्ड जितेमा उनी मिस वल्र्डको फाइनल प्रतिस्पर्धामा सहभागी हुन पाउने छिन् ।
हालसम्म कुनै पनि मिस नेपालले मिस वल्र्डवाट उपाधि जितेर फर्किन सकेका छैनन् । सृष्टिबाट भने धेरैले कुनै कुनै शिर्षकको उपाधी लिएर आउने बिश्वास गरेका छन् ।
के गर्दैछिन त सृष्टिले चीनमा ? हेरौं उनका तस्वीरहरुः

No comments:

Post a Comment

तपाइले लेख्नु भएका उत्कृष्ट बिचारको हामी कदर गर्छौ